आ.व. २०८३/८४ को लागि सुची दर्ता गर्ने सम्वन्धि सूचना

आ.व. २०८३/८४ को लागि सुची दर्ता गर्ने सम्वन्धि सूचना

आ.व. २०८३/८४ को लागि सुची दर्ता गर्ने सम्वन्धि सूचना

 

यस कार्यालयका लागि आ.व. २०८३/०८४ मा आवश्यक पर्ने निम्नानुसारका वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाल व्यक्ति, फर्म, कम्पनी एवम् संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार मौजुदा सूची (Standing List) दर्ताका लागि सोही नियमावलीको अनुसूची २क. बमोजिमको ढाँचामा यस कार्यालयमा निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगी आएका निवेदनलाई मान्यता दिइने छैन। प्राप्त दरखास्तहरु सूचीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।

 

वस्तु तथा सेवाका क्षेत्रहरू:

१. मसलन्द, कम्प्युटर स्टेशनरी तथा कार्यालय सामानहरु

२. कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी, सर्भर तथा ईलेक्ट्रोनिक्स सामान आपूर्ति

३. कम्प्युटर, प्रिन्टर, फोटोग्राफी एवं नेटवर्किङ उपकरणहरू मर्मत तथा सम्भार

४. निवृत्तभरण सम्बन्धी पुस्तिकाहरु, फारम तथा छपाई सम्बन्धी सामान

५. ईन्टरनेट सेवा, स्वचालित आगमन आवाज साहयता सेवा, सफ्टवेयर/प्रणाली विकास मर्मत तथा प्राविधिक सहयोग

६. फर्निचर्स तथा फर्निसिङ सामाग्री

७. सवारी साधन मर्मत, स्पेयर पार्टस् आपूर्ति तथा इन्धन

८. सूचना तथा विज्ञापन प्रकाशन

९. खाने पानीको जार तथा बोतलको पिउने पानी आपूर्ति

१०. पत्रपत्रिकाहरुको आपूर्ति

११. भवन, बिजुली, ए.सी. (A.C.) मर्मत तथा पार्टिसन कार्य

१२. धारा, प्लम्बिङ तथा ट्वाइलेट मर्मत

१३. सरसफाइ सामाग्री तथा क्याटरिङ/खाजा सेवा

निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरू:

१. संस्था दर्ता र नवीकरण भएको प्रमाणपत्रको फोटोकपी

२. स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रको फोटोकपी

३. मूल्य अभिवृद्धि कर (VAT) दर्ताको प्रमाणपत्रको फोटोकपी (लागु हुनेको हकमा)

४. आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको फोटोकपी

५. व्यावसायिक इजाजत पत्र / इजाजतपत्रको फोटोकपी

६. सम्बन्धित कार्यको अनुभव वा आधिकारिक विक्रेता (Authorized Dealer) भएको प्रमाण (भएमा)