बोलपत्र पेश गर्ने तथा खोलिने सम्बन्धी अत्यन्त जरुरी सूचना

बोलपत्र पेश गर्ने तथा खोलिने सम्बन्धी अत्यन्त जरुरी सूचना

बोलपत्र पेश गर्ने तथा खोलिने सम्बन्धी अत्यन्त जरुरी सूचना

सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO), केसरमहलको मिति २०८३/०५/११ मा प्रकासित सूचना (प.सं. सू.प्र.-०८३/८४, च.नं. MIT/१८२) अनुसार हाल सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणाली (e-GP System) मा सुरक्षा जोखिम उच्च रहेकोले प्रणालीको मर्मतसम्भार तथा सुधार कार्यका लागि प्रणाली स्थगन गरिएको व्यहोरा अवगत नै छ।  सोही सूचनाको तपसिल (२) बमोजिमको व्यवस्थालाई ध्यानमा राखी यस कार्यालयबाट मिति २०८३/०५/०५ मा e-GP System मार्फत २१ (एक्काइस) दिने बोलपत्रको सूचना प्रकाशन गरिएको IFB No. PMO/PMP/02/2083/84 को बोलपत्रको प्रक्रिया अगाडि बढाउनुपर्ने भएकोले सम्बन्धित बोलपत्रदाताहरूका लागि यो सूचना जारी गरिएको छ।  इच्छुक योग्य बोलपत्रदाताहरूले यस कार्यालयबाट मिति २०८३/०५/२५ गते साँझ ५:०० बजेसम्ममा बोलपत्र दस्तुर रु. ३,०००/- (तीन हजार मात्र) भुक्तानी गरी बोलपत्र खरिद गरी पूर्ण रूपमा भरिएको बोलपत्रको हार्डकपी (Hardcopy) मार्फत नै मिति २०८३/०५/२६ गते बिहान १२:०० बजेभित्र यस कार्यालयमा पेश गर्नुहुन र सोही दिन दिउँसो २:०० बजे उपस्थित बोलपत्रदाता वा निजका प्रतिनिधिहरूको उपस्थितिमा (उपस्थित नरहे पनि बोलपत्र खोल्न बाधा पुग्ने छैन) यसै कार्यालयमा बोलपत्र खोलिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

बोलपत्र सम्बन्धी संक्षिप्त विवरण:

बोलपत्र आह्वान सूचना नं.: IFB No. PMO/PMP/02/2083/84

प्रथम पटक सूचना प्रकाशन मिति: २०८३/०५/०५ (e-GP मार्फत)

बोलपत्र दस्तुर: रु. ३,०००/- (तीन हजार मात्र)

बोलपत्र जमानत रकम: रु.१,१९,०००/-(एक लाख उन्नाईस हजार मात्र)

बोलपत्र जमानत मान्य अवधीः २०८३/०९/२५ (9th Jan 2027)] सम्म

बोलपत्र पेश गर्ने माध्यम: हार्डकपी (Hardcopy) मार्फत

बोलपत्र खरिद गर्ने अन्तिम मिति र समय: मिति २०८३/०५/२५ गते साँझ ५:०० बजेसम्म

बोलपत्र पेश गर्ने अन्तिम मिति र समय: मिति २०८३/०५/२६ गते बिहान १२:०० बजेसम्म

बोलपत्र खोलिने मिति र समय: मिति २०८३/०५/२६ गते दिउँसो २:०० बजे

बोलपत्र पेश गर्ने तथा खोल्ने स्थान: निवृत्तभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर

 

द्रष्टव्य: सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णय अनुसार ई-जीपी प्रणाली स्थगन भएकाले e-GP मार्फत नभई हार्डकपी माध्यमबाट मात्र बोलपत्र स्वीकार गरिनेछ। अन्य शर्तहरू पूर्व प्रकाशित सूचना बमोजिम नै रहनेछन्।