बारम्बार सोधिने प्रश्नहरु

तोकिएको प्रक्रियाहरु पुरा भएको (जस्तै: खाता खोलिएको, समयमै हाजिरी भएको) खण्डमा हरेक महिनाको २०-२५ गते भित्रमा निवृत्तभरण खातामा जम्मा हुनेछ।

Please visit the Pension Management Office, Tripureshwor with pension patta and fill out the form available here: https://api.giwms.gov.np/storage/274/posts/1708417353_72.pdf or from the counter.

यदि आफूले निवृत्तभरण लिईरहेको शाखाबाट कुनै कारण बैंक शाखा परिवर्तन गरि अर्को शाखा वा बैंकबाट निवृत्तभरण लिने व्यवस्था मिलाउनु पर्ने छ भने, १. अहिले भुक्तानी लिंदै गरेको शाखामा गई आफ्नो नि.भ. खाता बन्द गर्ने। २. खाता बन्द भएपछी सम्बन्धित बैंकले उपलब्ध गराएको Bank Statement र खाता बन्द भएको सम्बन्धमा निवृत्तभरण व्यवस्थापन कार्यालयलाई लेखेको पत्र सहित यस कार्यालयमा सम्पर्क राख्ने ३. बैंक परिवर्तनको लागि निवेदन पेश गर्ने ४. निवेदन अनुसारको बैंकको नाममा जारी भएको पत्र सहित उक्त बैंकमा खाता खोल्ने।

The Pension Management Office (formerly: Kaushi Tosha Khana) keeps the records of retired Civil servants, Teachers, Nepal Army, Police, APF and NID employees and pays their pensions on a monthly basis. In addition, the office conducts national level worships on major religious places.

उक्त सुविधा पाउन आफुले बैंक खाता खोलेको जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेन्सन अधिकारपत्र र नागरिकता सहित सम्पर्क राख्ने। वा सम्बन्धित कितावखानामा सम्पर्क राख्ने। नेपाली सेनाको हकमा नजिकको गण वा सैनिक अभिलेखालयमा सम्पर्क राखी त्याहाँको निर्देशन अनुसार गर्ने। (नेपाल प्रहरी वा प्रहरी किताबखाना अन्तर्गत पट्टा जारी भई पारिवारिक निवृत्तभरण पाउनेको हकमा यो सुविधा हाल उपलब्ध नभएको)

बैंकमा उपस्थित भई नविकरण गराउने त्यसपछि आउने महिनाको निवृत्तभरणसँग नविकरण नभएर नपाएको निवृत्तभरण समेत खातामा जम्मा हुने छ। तर त्यस्तो निवृत्तभरण राशी ५ लाख भन्दा बढी वा २ वर्ष भन्दा पुरानो भए सम्बन्धित कोष तथा लेखा नियन्त्रकको कार्यालय वा निवृत्तभरण व्यवस्थापन कार्यालयमा गरए हिसाब मिलान गरि लिने।

निवृत्तिभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वर, काठमाडौँ सम्पर्क नं.: 01-5364581 (कार्यालय प्रमुख), सहायता: 01-5342285, 9861490914, 9861490915, 9861490916, 9861490917, 01-5330433 (लेखा) वा इमेल पठाउन सक्नुहुन्छ: info@pension.gov.np, govpension@yahoo.com (Non-sensitive details and support queries only) वा हाम्रो वेबसाइट भने: https://www.pension.gov.np/contact-us

 

1708417353_72.pdf.pdf