निवृत्तभरण व्यवस्थापन कार्यालयको परिचय

यस निवृत्तभरण व्यवस्थापन कार्यालयले साविकमा कौशी तोषाखाना कार्यालयको नामबाट र २०६९।०४।१२ को
नेपाल सरकार मन्त्रीपरिषदको निर्णयपछि निवृत्तभरण व्यवस्थापन कार्यालयबाट राष्ट्रको तर्फबाट गरिने पूजाआजाको
व्यबस्थापन, साविकको राजदरवारको खर्च सम्बन्धी व्यबस्थापन र वि.सं. २०३३ देखि सरकारी सेवाबाट सेवा निवृत्त
निजामती, प्रहरी तर्फ, वि.सं. २०६१ देखि सेवा निवृत्त शिक्षकहरू र २०६८ माघ १ गतेदेखि नेपाली सेनाको निवृत्तभरण
भुक्तानी ब्यबस्थापन सम्बन्धी कार्यहरू गरि आएको छ ।
२०६५ सम्म निजामती, प्रहरी र शिक्षक तर्फको निवृत्तभरण अधिकार पत्र सम्बन्धित किताबखानाहरूले जारी गर्ने र सो
को भुक्तानी आदेश दिने कार्यहरू निवृत्तभरण व्यवस्थापन कार्यालयले गर्दै आएको थियो । निजामती सेवा नियमावली
२०५० को सातौं संशोधन २०६४ मा नियम १२९ (क) थप भई सेवा निवृत्त निजामती कर्मचारीहरूको निवृत्तभरण
अधिकार पत्र हराएको नासिएको, च्यातिएको प्रतिलिपि दिने र सेवा निवृत्त निजामती कर्मचारीको मृत्यु पश्चात
पारिवारिक निवृत्तभरण अधिकार पत्र जारी गर्ने, ७५ बर्षे र ८५ बर्षे औषधि उपचार थप दिने कार्य निवृत्तभरण भुक्तानी
दिने बैंक रहेको जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई प्रदान गरेको थियो भने सैनिक सेवा नियमावली
२०६९ ले नेपाली सेनातर्फ, प्रहरी नियमावली, २०७१ ले नेपाल प्रहरीतर्फका र र हालै शिक्षक तर्फका उपरोक्त कार्यहरु
समेत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयहरुबाटै हुने गरी तोकिएको छ ।